Oct 17 2026 | २०८३, कार्तिक १ गते

२०८३, कार्तिक १ गते

'आईसीसी एसिया सम्मेलन' नेपालमा हुने

शुक्रवार , आश्विन ३०, २०८३

यस वर्षको 'आईसीसी एसिया सम्मेलन' नेपालले आयोजना गर्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) को सहकार्यमा सन् २०२६ को नोभेम्बर १९ देखि २१ सम्म आईसीसी एसिया सम्मेलन गर्ने भएको हो ।

यस सम्मेलनमा एसियाका टेस्ट खेल्ने राष्ट्रहरू र एसोसिएट सदस्य राष्ट्रहरूका प्रतिनिधिहरूका साथै अन्तर्राष्ट्रिय क्रिकेट समुदायका प्रतिनिधिहरू सहभागी हुने र उनीहरूले क्रिकेटको विकास र क्षेत्रीय सहयोग सुदृढ पार्ने विषयमा छलफल गर्नेछन् ।

यो सम्मेलन आयोजना गर्नु नेपाली क्रिकेटका लागि एक महत्त्वपूर्ण कोसेढुङ्गा भएको भन्दै क्यानले यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति अझ बलियो बनाउनुका साथै खेलकुद पर्यटनलाई प्रवर्द्धन गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको जनाएको छ ।

क्यानका अनुसार सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूले 'सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग' को 'इलिमिनेटर' र 'फाइनल' खेल पनि प्रत्यक्ष हेर्न पाउनेछन्।

सम्बन्धित समाचार