Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

विश्व बैंकद्वारा नेपाललाई ५ करोड २० लाख डलर सहुलियत ऋण स्वीकृत

बुधवार , फाल्गुण २७, २०८२

विश्व बैंकले नेपाललाई ५ करोड २० लाख डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । 

नेपालमा वायु प्रदूषण नियन्त्रण र वायु गुणस्तर व्यवस्थापन प्रणाली सुदृढ बनाउन विश्व बैंकले ५ करोड २० लाख अमेरिकी डलर (करिब ६ अर्ब ९० करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो । 

‘नेपाल स्वच्छ वायु र समृद्धि परियोजना’ अन्तर्गत औद्योगिक तथा व्यावसायिक क्षेत्रमा प्रयोग हुने बोयलर र भट्टीबाट निस्कने हानिकारक कणको उत्सर्जन घटाउने लक्ष्य राखिएको छ। परियोजना मुख्यतया काठमाडौं उपत्यका, तराई र पहाडी फेदीका उच्च प्रदूषण भएका क्षेत्रमा लागू हुनेछ।

विश्व बैंकका अनुसार वायु प्रदूषणका कारण स्वास्थ्य खर्च र उत्पादकत्वमा आएको गिरावटले नेपालको कुल गार्हस्थ्य उत्पादनको ६ प्रतिशतभन्दा बढी असर परेको छ। 

परियोजनाले उद्योगहरूलाई सहुलियत ऋण र प्राविधिक सहयोग प्रदान गर्दै स्वच्छ उत्पादन र दिगो विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार