Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

राष्ट्रपतिद्धारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

मंगलवार , बैशाख २२, २०८३

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् । 

नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले सोमबार दोस्रो पटक सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले मंगलबार जारी गरेका हुन् । अघिल्लो साता मन्त्रीपरिषद्ले सिफारिस गरेको यो अध्यादेश राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएका थिए । 

राष्ट्रपतिले फिर्ता पठाए लगत्तै सरकारले पुनः अध्यादेश राष्ट्रपतिसमक्ष पठाएपछि उनले मंगलबार जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्रा रितेशकुमार शाक्यले विज्ञप्तिमार्फत् जानकारी गराएका छन् । 

1-22_अध्यादेश-जारी_विज्ञप्ति.jpeg

 

 

सम्बन्धित समाचार