नागढुङ्ग-सिस्नेखोला सुरुङ मार्गको उद्घाटन गरिएको छ ।
सोमबार सुरुङ मार्ग स्थलमा एक कार्यक्रमको आयोजना गरि नेपालकै पहिलो आधुनिक सुरुङ मार्गको रुपमा रहेको नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्गको औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल, जापान अन्तरास्ट्रिय सहयोग नियोग (जाईका) का अध्यक्ष डा. तानाका अकिहिको र नेपालका लागि जापानीज राजदूत मायदा तोरु, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल लगाएतले संयुक्त रुपमा सुरुङ मार्गको उद्घाटन गरेका हुन् ।
उद्घाटन सँगै नागढुङ्गा-सिस्नेखोला आजबाट औपचारिक रुपमा सन्चालनमा आएको छ । उद्घाटनपछि मन्त्री लम्सालसहितको टोलीले सुरुङ मार्गको यात्रा गरेका थिए ।
जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा यो सुरुङ मार्ग निर्माण सम्पन्न भएको हो । यश आयोजनाको कुल लागत करिब करिब १९ अर्ब रुपैयाँ रहेको छ ।