कास्कीको पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ ।
जिल्लाको पोखरा महानगरपालिका- १८ सेदीमा सोमबार बिहान हिडिरहेको बेला अचानक बेहोस भइ लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको हो ।
अचानक लडेका म्याथ्युलाई स्थानीय वासीको सहयोगमा उद्दार गरि मेट्रोसीटी अस्पतालमा पुर्याइएकोमा केही बेरपछी चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासवानका अनुसार शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
पोष्टमार्टमपछी मृत्युको कारण खुल्ने र घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।