प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद्को बैठक आह्वान गरेका छन् ।
बुधबार अपराह्न ३ बजे बस्ने गरि प्रधानमन्त्री शाहले मन्त्री परिषद्को बैठक बोलाएका हुन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बस्ने भएको छ ।
सुनसरीको देवानगन्जमा घटेको घटनाको विषयमा सरकारको कदमबारे प्रश्न उठिरहेको समयमा मन्त्री परिषद्को बैठक बस्न लागेको हो ।
आज बिहान सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सदियौंदेखि समाजमा कायम रहेको पारस्पारिक भाइचारा र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन सम्पूर्ण देशवासी आम नागरिकहरूमा ७ बुँदे अपिल समेत जारी गरेको थियोे ।