Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

रुकुम पश्चिममा भीरबाट लडेर महिलाको मृत्यु

बिहिवार , श्रावण १४, २०८३

रुकुम पश्चिम्मा घाँस काटेर घर फर्किने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अनुसार मृत्यु हुनेमा जिल्लाको आठबीसकोट नगरपालिका- ५ मृगी निवासी ४२ वर्षीया धनी खत्री रहेका छन् ।

स्थानीय नरगाउँ रातामाटा जंगलबाट घाँस काटेर फर्कीने क्रममा भीरबाट लडेर करिब ५० मिटर तल पुगेकी खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

सम्बन्धित समाचार