Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते

आइएटिएसको सम्मेलन नगर्न सरकारको निर्देशन

बिहिवार , श्रावण २१, २०८३

सरकारले इन्टरनेसनल एसोसिएसन फर टिबेट स्टडीज (आइएटिएस) को १७ औँ सम्मेलन नगर्न निर्देशन दिएको छ।

आगामी भाद्र ७ गतेदेखि काठमाडौँ विश्वविद्यालयको हिमालयन सेन्टर फर एसियन स्टडीज र रङयुङ येसे इन्स्टिच्युट फर वुद्धिष्ट स्टडिजले संयुक्त रुपमा आयोजना गर्न लागेको साताव्यापी उक्त अन्तर्राष्ट्रिय सम्मेल नगर्न  सरकारले निर्देशन दिएको हो । 

सोमबार मुख्य सचिव गोविन्द कार्की र परराष्ट्र सचिव अमृत राईले काठमाडौँ विश्वविद्यालयका कायममुकायम उपकुलपति ऋषिकेश वाग्ले सहित चार जनालाई सिंहदरबारमा बोलाएर अहिले अनुकूल परिस्थिति नभएकाले उक्त सम्मेलन रद्द गर्न निर्देशन दिएको जनाइएको छ।

सन् २०२३ मा चेकोस्लोभाकियाको राजधानी पराकमा सम्पन्न आइएटिएसको १६ औं अन्तर्राष्ट्रिय सम्मेलनले १७ औँ सम्मेलन बुद्धको जन्मस्थल नेपालमा गर्ने निर्णय गरेपछि त्यहाँ यसको अन्तिम तयारी भइरहेको थियो। 

दुई साता अघि चिनियाँ राजदूत झ्याङ माओमिङले परराष्ट्र सचिव राईलाई भेटेर उक्त सम्मेलनमा चीनविरुद्ध अर्थात् तिब्बत स्वतन्त्रता पक्षधरहरुको सहभागिताको सम्भावनाबारे चासो व्यक्त गरेका थिए। 

 

 

सम्बन्धित समाचार