प्रहरी महानिर्देशक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका डिआईजीहरुलाई प्रहरी प्रधान कार्यालय बोलाएका छन् ।
पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएका कार्कीले डिआईजीहरुलाई काठमाडौं बोलाएका हुन् ।
पीसीसी बैठकमा डिआईजी भन्दा माथिल्लो दर्जाका कर्मचारीहरु सहभागी हुन्छन् । तर डिआईजीहरुलाई पनि हेडक्वाटर किन बोलाइयो भन्ने बारे भने खुलेको छैन ।
प्रधानमन्त्री कार्यालयले आईजीपी कार्कीको राजिनामा मागेको विषय पनि चर्चामा छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले हिजो पार्टी सभापति रबि लामिछानेसँग आईजीपी कार्को राजिनामा र उनले राजिनामा नदिएको खण्डमा निलम्बन गर्ने लगायतका विषयमा छलफल गरेको समाचार पनि बाहिरिएका छन् ।
प्रकाशित समाचार अनुसार आईजीपी कार्कीको बिचौलिया भनिएका इनम सापकोटासँग सम्पर्क भएको भेट्टिएको दाबी गरिएको छ ।