जनकपुर बोल्ट्सले काठमाण्डू गोर्खाजलाई ८ विकेटले पराजित गरेको छ ।
काठमाण्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
जनकपुरको जितमा अलराउन्डर मोइन अलीले अर्धशतकीय इनिङ खेले भने शेफ अलीले ४९ र मयन अलीले ९ रन बनाए ।
पहिला ब्याटिङ गरेको काठमाण्डू गोर्खाजले १७.२ ओभरमा अलआउट हुँदै ११५ रनको योगफल तयार गरेको थियो ।
काठमाडौंका लागि भिम सार्कीले सर्वाधिक ३३ रन बनाउँदा रासिद खानले १७ र स्मित पटेलले १३ रन जोडे ।
जनकपुरले दोस्रो खेलमा पहिलो जित निकालेको छ । पहिलो खेलमा भने कर्णाली याक्ससँग पराजित भएको थियो ।
यस सिजनको आफ्नो पहिलो खेलमा काठमाण्डूले भने पराजय ब्यहोरेको छ । आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनग किङ्गसबीच प्रतिस्पर्धा हुनेछ ।