Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते

एनपीएल

विराटनगरविरुद्ध चितवन ८ रनले विजयी

मंगलवार , कार्तिक ११, २०८३

 विराटनगर किंङ्ग्सविरुद्द चितवन राइनोजले ८ रनको रोमाञ्चक जित निकालेको छ ।

त्रिवि क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १४९ रनमै अलआउट भयो ।

विराटनगरका लागि इमरान शेखले सर्वाधिक ३९ रन बनाए । त्यस्तै आन्द्रे रसेलले ३३ लोकेश बमले २६ रन जोड्नु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेन्न ।

विराटनगरलाई रोक्न चितवनका कमलसिंह ऎरीले सर्वाधिक ४ विकेट चट्काए भने रिजन ढकालले २ विकेट लिए ।

त्यस्तै रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले एकएक विकेट लिए । १८औं ओभरमा लगातार दुई विकेट लिँदै कमलले खेल चितवनतर्फ फर्काए ।

जितका लागि विराटनगरलाई जितका लागि १८ बलमा २१ रन आवश्यक थियो । तर, १८औं ओभरमा कमलसिंह ऐरीले लगातार दुई विकेट लिएसँगै विराटनगर धरापमा पर्‍यो ।

रुपेश सिंह र प्रतिश जिसी कुनै पनि रन नजोडी पभेलियन फर्किए । १९औं ओभरमा रिजन ढकालले थप दुई विकेट लिँदै खेल चितवनको पक्षमा पुर्याएका थिए ।

यस अघि पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रनको योगफल तयार गरेको थियो ।

आज हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्टस भिड्नेछन् ।

सम्बन्धित समाचार