डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन् ।
शनिबार स्थानमा प्याली कोल्ली (महिला), ममता हल्दार (महिला), जजला त्रिवेदी कुमार (पुरुष) लगायत ६ जना भारतीय पर्यटक भारी हिमपातका कारण फसेको जानकारी जिल्ला प्रशासन कार्यालय, दुनै डोल्पाले जनाएको छ ।
प्रहरीका अनुसार उक्त घटनाबारे जिल्ला सुरक्षा समितिको बैठक बसी निर्णयअनुसार हेलिकप्टरमार्फत उद्धारका लागि आवश्यक प्रक्रिया तथा समन्वय गरिएको छ ।
सञ्चार सम्पर्कमा समस्या भएका कारण फसेका सबै पर्यटकको पूर्ण विवरण प्राप्त हुन नसकेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।