Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

पोखरीमा महिलाको शव फेला

बुधवार , फाल्गुण २७, २०८२

सिरहाको औरही नगरपालिका– ५ स्थित एक पोखरीमा बुधवार एक महिलाको शव फेला परेको छ । 

स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै घटनास्थलमा प्रहरी टोली पुगी पोखरीबाट शव निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार हालसम्म मृतकको परिचय खुलेको छैन् । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ । 

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार