इलाममा धारिलो अह्तियार प्रहार गरि घाइते बनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्लाको नगरपालिका ४ छ्यारछारेमा धारिलो हतियार प्रहारबाट ३२ वर्षीय सुवास लोहार घाइते भएको प्रहरीले जनाएकी छ ।
प्रहरीका अनुसार घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको छ ।
पक्राउ पर्नेमा सोही स्थान बस्ने वर्ष २२ का सुजनबहादुर लोहार, वर्ष २१ का निश्चल सागर र वर्ष १९ का सुदीप लोहार रहेको प्रहरीले जनाएको छ ।
घाइते सुवास लोहारलाई धारिलो हतियार प्रहार गर्दा गाला, टाउको र खुट्टामा चोट लागेको हो । घाइते सुवासलाई उपचारका लागि जिल्ला अस्पताल इलाम लगिएको र उपचार भइरहेको छ ।
धारिलो हतियार प्रहारमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।