फिल्म ‘परालको आगो’ को नयाँ गीत ‘उडी जाउँ भने म पन्छी होइन’ सार्वजनिक भएको छ ।
निर्माण टीमले सोमबार ओएसआर युट्युब च्यानलमार्फत् गीत सार्वजनिक गरेको हो । गीतको भिडियोमा फिल्म ‘परालको आगो’ का मुख्य कलाकारहरु सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँले अभिनय गरेका छन् ।
गीतको भिडियो रामजी लामिछानेको कोरियोग्राफीमा बनेको हो । अग्रज कम्पोजर तथा एरेन्जर शान्ति ठटालको संगीतमा रहेको यस गीतमा निशु शर्माले गाएकी छन् । गीतको शब्द रचना मनबहादुर मुखियाको हो ।
लोकप्रिय यस गीतको मुल गायीका अरुणा लामा हुन् । उनले चार दशक अघि यो गीत गाएकी थिइन् । निर्माण टीमले अरुणा लामाप्रति समर्पित गर्दै गीत सार्वजनिक गरेको हो । फिल्म ‘परालको आगो’ गुरुप्रसाद मैनालीको अमर कृतिबाट प्रेरित छ ।
लक्षमण सुनारको निर्देशनमा बनेको फिल्मको निर्माता सुनिल पोखरेल रहेका छन् । हरि ओम सिने मेकर्स प्रा.लि. को ब्यानरमा निर्माण भएको फिल्ममा पटकथा तथा संवाद सुशील देवकोटाको रहेको छ ।
फिल्म ‘परालको आगो’ आगामी बैशाख ११ गते देशभर प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ ।
© 2026 All right reserved to nrnpost.com | Site By : Sobij