Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

हुम्लाबाट हेलिकप्टरमार्फत् गर्भवतीको उद्धार

शनिवार , चैत्र ७, २०८२

हुम्लाबाट एक गर्भवती महिलालाई हेलिकप्टर मार्फत् उद्धार गरि सुर्खेतस्थित प्रदेश अस्पताल ल्याइएको छ । 

जिल्लाको चंखेली गाउँपालिका– ४ की ३४ वर्षीया बासना शाहीलाई जटिल गर्भावस्थाका कारण शनिबार नेपाली सेनाको हेलिकप्टर मार्फत् उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पताल ल्याइएको हो । 

दुर्गम भूगोल, सडक पहुँचको अभाव र समयको संवेदनशीलताका कारण हवाई उद्धार गरिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले जानकारी दिए । 

स्थानीय स्तरमा आवश्यक सेवा नहुँदा आमा र शिशुको ज्यान जोखिममा परेको कारण गर्भवती शाहीलाई प्रदेश अस्पताल सुर्खेत पुर्याइएको उनले बताए । 

 

सम्बन्धित समाचार