सरकारले ‘वर्क फ्रम होम’ अर्थात् घरबाटै काम गर्न सबैलाई आह्वान गरेको छ ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले पेट्रोलियम पदार्थमा देखिएको संकटका कारण घरबाटै काम गर्न आह्वान गरेको हो ।
मन्त्रीपरिषद्का निर्णय सुनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आजको बैठकले ‘वर्क फ्रम होम’ र विद्युतीय सवारी साधनमा जोड दिन आम नागरिकलाई आह्वान गरिएको जानकारी दिइन् ।
यसरकारले यस अघि नै सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिँदै मन्त्री रावलले सवारी साधनमा पनि जोर विजोर प्रणाली लागू गर्ने विषयमा छलफल भैरहेको जानकारी दिइन् ।
आजको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट र नेपाल राष्ट्र बैंकको रिक्त दुई डेपुटी गर्भनरमध्ये एकमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
हेर्नुहोस् मन्त्रीपरिषद् बैठकका निर्णयहरुः
- बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाको लागि विश्व बैंकले प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने,
- ललितपुर जिल्ला ललितपुर महानगरपालिका– ३ पुल्चोकमा रहेको जलस्रोत तथा उर्जा अनुसन्धान केन्द्रलाई ललितपुर जिल्ला गोदावारी नगरपालिका वडा नम्बर ३ मा स्थानान्तरण गरी जल तथा उर्जा आयोगको सचिवालयको कार्यालय ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा हाल जलस्रोत तथा उर्जा अनुसन्धान केन्द्र रहेको भवनमा स्थानान्तरण गर्ने,
- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमण कुमार गौतम र सदस्य श्री ललिता कुमारी महर्जन एवम् श्री धुव्र आचार्यको राजीनामा स्वीकृत गर्ने,
- नागढुङ्गा सुरुङ मार्गको पश्चिम खण्ड क्षेत्रमा पर्ने धुनीवेशी नगरपालिका वडा नम्बर ९ मा रहेको करिब ९ रोपनी निजी जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने,
- पासाङल्हामु राजमार्गको वेत्रावती–धुन्चे–स्याफ्ररबेसी सडक खण्डको बुनुवा घुम्तीमा पर्ने उत्तरगाया गाउँपालिका वडा नम्बर ५ मा रहेको करिब २ रोपनी निजी जग्गा प्राप्त गर्न स्वीकृत प्रदान गर्ने,
- काठमाडौं–मधेश–तराई द्रुतमार्ग सडक आयोजना निर्माणका लागि काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका, ललितपुर जिल्लाको गोदावारी नगरपालिका र बागमी गाउँपालिका मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका, भिफेदी गाउँपालिका र इन्द्रेश्वर गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको कुल ४६.३९ हेक्टर जग्गा प्रयोग गर्न दिने र उक्त वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका १८९८ वटा रुख–पोल हटाउन स्वीकृति दिने,
- राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा डा. गुणाकर भट्ट (जिल्ला डोटी) लाई नियुक्त गर्ने,
- नेपाल राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नर मध्ये एकमा एकमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री किरण पण्डीतलाई नियुक्त गर्ने,
- पेट्रोल, डिजेल र मट्टीतेलको पैठारीमा लाग्दै आएको भन्सार महशुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने, (उपलब्ध तथ्यांक अनुसार न्यूनतम खपत गर्दा पनि पछिल्लो १५ दिनको पेट्रोल ३४ हजार किलो लिटर, डिजेल ८३ हजार किलो लिटर र मट्टीतेल ८६५ किलोलिटर, आन्तरिक हवाई इन्धन २ हजार ६१५ किलो लिटर र बाह्य हवाई इन्धन ५ हजार ८९२ किलो लिटर र एलपी ग्याँस १५ लाख २२ हजार ४४४ सिलिन्डर बिक्री रहेको छ । हालको संरचनामा विक्री गर्दा नेपाल सरकारलाई १५ दिनमै समग्र घाटा करिब रु ११ अर्ब ७२ करोड पुग्ने अवस्था छ । यो सानो रकम होइन् । त्यसैले यो समस्या केवल मुल्यको होइन् आपूर्ति शृङ्खला, कर, लागत र खपत र व्यवस्थापनको संयुक्त समस्या हो त्यसैले नेपाल सरकार केही निर्णयसहित अगाडी बढेको छ । पेट्रोल, डिजेल र मट्टीतेलमा लाग्दै आएको पैठारी कर भन्साल महशुलमा लाग्दै आएको ५० प्रतिशत कर छुट प्रदान गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने)
- पेट्रोलियम पदार्थको आपूर्ति र वितरण असहजताका कारण आवश्यक परे जोर–बिजोर प्रणाली लागू गर्ने, ‘वर्क फ्रम होम र विद्युतीय साधनको प्रयोग बढाउन सरकारको आह्वान,