गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का उपाध्यक्ष लोकप्रसाद दाहाललाई नेपाल प्रवर्द्धन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।
एनआरएनको १४४ औँ आईसिसी बैठकको निर्णय अनुसार दाहाललाई २०२५ देखि २०२७ सम्मको कार्यकालका लागि यो जिम्मेवारी दिइएको हो।
संघका अध्यक्ष डा. हेमराज शर्मा र महासचिव डा. चिरञ्जीवी खड्काले पत्र पठाएर हाललाई विभागको कार्यविधि र कार्ययोजना तयार पार्न समेत निर्देशन दिएका छन् ।
विभाग प्रमुख दाहालले अब विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँगको समन्वयमा बढीमा १७ सदस्य कार्यसमिति र पाँचजना विज्ञ सल्लाहकार प्रस्ताव गर्ने जानकारी दिएका छन्। उनले यो प्रस्ताव मार्च १५ सम्म नामावली बुझाउने बताए।
नेपालको पर्यटन प्रवर्धनमा एनआरएनएले सघाउने बताउँदै त्यसका लागि समन्वयकारी भूमिका निर्वाह गर्नका लागि आफूले यो जिम्मेवारी लिएको उनले बताए । कर्मथलो बेल्जियम बनाएका दाहालले नेपालको पर्यटन क्षेत्रसँग नजिक रहेर काम गर्दै आएका छन्।