काठमाडौं महानगरपालिका– ९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा पनि डोजर लगाएर हटाइएको छ ।
खोला किनारामा अतिक्रमित गरी निर्मित संचरना र बस्ती भत्काउने सरकारको अभियान अनुसार आज गैरीगाउँको सुकुम्बासी बस्तीमा पनि डोजर लगाएर हटाइएको हो ।
गैरी गाउँको सुकुम्बासी बस्तीमा पक्की संरचना पनि निर्माण गरेको देखिएको छ । सरकारले उक्त पक्की संरचनामै डोजर लगाएर हटाएको छ । बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौं महानगर प्रहरी संयुक्त रुपमा परिचालन गरिएको थियो ।
यस अघि आजै सरकारले थापाथलिस्थित सुकुम्बासी बस्तीमा पनि डोजर चलाएर हटाएको थियो ।