सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) पदमा नारायणदत्त पौडेल नियुक्त भएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले पौडेललाई सशस्त्र प्रहरीको आईजीपी पदमा नियुक्त गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका सरकार प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
उनले सरकारले भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको बताए ।
त्यस्तै, सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्न सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरिएको छ । त्यस सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको प्रवक्ता पोखरेलले बताए ।