Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते

भक्तपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा एक जना मृत फेला

बिहिवार , श्रावण २८, २०८३

भक्तपुरस्थितको बोडेस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा एक जना व्यक्ति मृत फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मृत फेला पर्ने व्यक्ति ५७ वर्षीय हिरालाल पासवान रहेका छन् ।

प्रहरीका अनुसार हिरालाल आफू बस्ने कोठाको फ्यानमा सलको डोरि लगाइ झु*ण्डि,ए,को अवस्थामा फेला परेका हुन् ।

पासवान यस अघि थापाथली स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका थिए । तर उक्त बस्तीमा सरकारले डोजर लगाएर भत्काएपछी उनी होल्डिङ सेन्टरमा बस्दै आएका थिए ।

प्रहरीले भने शव पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भएको र घटनको विषयमा थप अनुसन्धान भैरहेको जनाएको छ ।

सम्बन्धित समाचार