पोखराका पर्यटन व्यावसायी र नेपालका लागि यूएईका राजदूत अब्दुल्लाह सइद मुबारक जारवान अल शामसीबीच पोखरा दुबई उडानबारे छ्लफल भएको छ।
पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष तथा नाटा गण्ड्कि प्रदेशको पुर्वअध्यक्ष पोम नारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्ड्का पुर्व बोर्ड सदस्य बासुदेव त्रिपाठी, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदि, होटेल संघ गण्डकि प्रदेशको अध्यक्ष हरि शर्मा गैरे, पोखरा उद्योग वाणिाज्य संघका अध्यक्ष गोकर्ण कार्की, नाटा गण्डकी प्रदेशका कार्यकारी सदस्य बिजय पौडेल तथा विशेष उपस्थितिका रूपमा नाटा केन्द्रिय अध्यक्ष भरतजंग पाण्डे लगायत पर्यटन व्यवसायाहरुको सहभागितामा यूएईका राजदूतसँग पोखरा दुबई नियमित उडानलाई सफल बनाउने बिषयमा महत्त्वपूर्ण छ्लफक भएको छ ।
पोखराबाट दुबईको यो नियमित उडान समग्र नेपाल गण्डकी प्रदेश र पोखराको पर्यटन विकासका लागि ऎतिहासिक र महत्त्वपूर्ण उपलब्धि भएको व्यवसायिहरुले बताएका छन् ।
यसलाई सफल र दिगो बनाउन सबै पक्षबाट आवश्यक पहल र सहकार्य गर्ने बिषयमा छ्लफल भएको छ ।
पोखरा दुबई उडानलाइ सफल बनाउन पर्यटन व्यवसायी गण्डकी प्रदेश सरकार स्थानीय सरकारलगायत सबै सम्बन्धित पक्षले आआफ्नो क्षेत्रबाट पुर्ण सहयोग र प्रयास गर्ने प्रतिबदता व्यक्त गरेका छन ।