Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते

गहुँ निर्यातमा लगाएको प्रतिबन्ध भारतले हटायो

मंगलवार , भाद्र ९, २०८३

किसानलाई गहुँको राम्रो मुल्य दिलाउँदै आम्दानी बढाउने उद्देश्यले भारतले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको चार बर्ष पुरानो प्रतिबन्ध हटाएको छ ।

विदेश व्यापार महानिर्देशनालय ( डिजिएफटी ) ले जारी गरेको सूचना अनुसार गहुँको निर्यात नीति तत्काल लागु हुनेगरी प्रतिबन्धित बाट स्वतन्त्र मा परिवर्तन भएको छ ।

भारतले सन् २०२२ को मेमा घरेलु आपूर्ति र मुल्य नियन्त्रण गर्ने उदद्देश्यले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियोे । पछिल्लो समय देशमा गहुँको पर्याप्त मौज्दात रहेकोे तथा उत्पादनसमेत बढेकाले किसानलाई थप बजार उपलब्ध गराउने उददेश्यले निर्यात खुला गरिएको सरकारले जनाएको छ ।

आधिकारिक तथ्याङकअनुसार भारतले सन् २०२५ - २६ को बाली वर्ष (जुलाई २०२५- जुन २०२६) मा करिब १२ करोड ६ लाख ५० हजार ट्न गहुँ उत्पादन गरेको छ।

यो अघिल्लो बाली बर्षको तुलनामा २ दशमलव ३ प्रतिशत बढी हो। खाद्य तथा सार्वजनिक वितरण सचीव सय सञ्जिव चोपडाले गहुँको घरेलु मुल्य हाल कम रहेकाले निर्यात खुला गर्दा मुल्यमा सुधार आउने र त्यसबाट किसानको आम्दानी बढने बताए ।

उनका अनुसार यसले आगामी बाली सिजनमा किसानलाई गहुँको खेती बढाउनसमेत प्रोत्साहित गर्नेछ । सरकारले देशमा पर्याप्त गहुँ भण्डारण रहेकाले निर्यात खुला गर्दा घरेलु बजारमा आपुर्तिको समस्या नहुने जनाएको छ।

निर्यातमार्फत किसानले थप बजार पाउने र उत्पादनको उचित मुल्य प्राप्त गर्ने अपेक्षा गरिएको छ। साथै आगामी बर्ष गहुँ उत्पादन बढाउन किसानलाई प्रोत्साहन मिल्ने सरकारको विश्वास छ ।

सम्बन्धित समाचार