शिक्षक सेवा आयोगको अध्यक्षमा हरिप्रसाद लम्साल नियुक्त भएका छन् ।
लम्साललाई आज बसेको मन्त्री परिषद् बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा नियुक्त गरेको शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
त्यस्तै सदस्यमा रामशरण सापकोटा र विष्णु घिमिरे रिमाललाई नियुक्त गरेको उनले बताए ।