मकवानपुरको भिमफेदी गाउँपालिका- ६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३ महिला २ बालबालिका र ५ जना पुरुष रहेको प्रहरीले जनाएको छ दुर्घटना अन्य पाँच जना घाइते भएका छन् ।
बिहिबार बिहान काठमाडौंबाट हेटौंडा हुँदै सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको उक्त इभि गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनामा परेको थियो ।
घटनास्थलमा प्रहरी टोली पुगेर घाइतेको उद्दार गर्नुको साथै मृतकहरुको शव हेटौंडा लिने तयारी गरिएको जनाइएको छ ।