Nov 13 2026 | २०८३, कार्तिक २८ गते

२०८३, कार्तिक २८ गते

रोकिराखेको ट्याक्सी ब्याक भएर दुर्घटना हुँदा ५ जना घाइते

बुधवार , कार्तिक २६, २०८३

गोरखाको सिरानचोक गाउँपालिका–२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक ब्याक भएर सडकबाट करिब ४० मिटर तल खस्दा पाँच जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार बुधबार बिहान चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज ७६८८ नम्बरको ट्याक्सी सिउरेनीस्थित कच्ची सडकको छेउमा रोकिराखेको अवस्थामा अचानक ब्याक भई सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्सी चालकसहित पाँच जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको छ ।

घाइते हुनेहरुमा ट्याक्सी चालक गोरखा सिरानचोक गाउँपालिका–५ भाँगे बस्ने ४० वर्षीय वीरबहादुर गुरुङ, गोरखा सिरानचोक गाउँपालिका–२ मैपते बस्ने ३२ वर्षीया मञ्जु परियार, सोही स्थान बस्ने अन्दाजी ५० वर्षीया गीतामाया परियार रहेकी छन । उनको टाउकोमा भित्री चोट तथा दायाँ खुट्टा र छातीमा चोट लागेको। बोल्न सक्ने भए पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही स्थान बस्ने अन्दाजी २० वर्षीया अञ्जना अछामी र सोही स्थान बस्ने अन्दाजी ३० वर्षीया गीता परियार घाइते भएका छन् ।

घाइतेहरुको अस्पतालमा उपचार भैरहेको र दुर्घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार