साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रीमियर लिग (एनपीएल) को तेस्रो सिजनमा प्लेअफमा पुगेको छ ।
आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै यो सिजनको प्लेअफमा पुगेको हो ।
कर्णालीले दिएको १०६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
लुम्बिनीको जितमा डार्सी सर्टले सर्वाधिक ४६ रन बनाए । त्यस्तै दिलिप नाथले अविजित २८ तथा निरोशन डिकवेलाले १६ रन बनाए ।
बलिङतर्फ कर्णालीका लागि सर्वाधिक ४ विकेट लिए भने हुसेन तलत र पवन सराफले एक-एक विकेट लिए ।
त्यस अघि त्रिवि क्रीकेट मैदानमा टस जिजेर ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा अलआउट हुँदै १०५ रनको योगफल बनायो। कर्णालीका लागि सोमपाल कामीले २८, हुसेन तलातले २४ र हुल्सन झाले १३ रन बनाए ।
लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेल, डार्सी सर्ट, किशोर महत्तो र अभिषेक गौतमले समान २/२ तथा शेर मल्लले एक विकेट लिए ।
लुम्बिनीसँगको यो हारसँगै कर्णालीको प्लेअफ सम्भावना कमजोर बनेको छ । ६ खेल खेलिसकेको कर्णालीले २ वटामा जित र ४ मा हार ब्यहोर्नुको साथै अंक तालिकाको ७ औं स्थानमा रहेको छ ।
६ खलेमा ४ जित र एक खेलमा पराजित भएको लुम्बिनी ९ अंकसहित शिर्ष स्थानमा पुगेको छ । लुम्बिनीको एक खेल वर्षाका कारण अवरुद्ध भएपछि अंक बाडेको थियोे ।