Nov 14 2026 | २०८३, कार्तिक २९ गते

२०८३, कार्तिक २९ गते

राजनीति

पूर्वप्रधानमन्त्री प्रचण्ड रुस प्रस्थान

शुक्रवार , कार्तिक २८, २०८३

पुर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् ।

अखिल रूसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म हुने ' For the Freedom of Nations’ बिषयक विश्व सम्मेलनमा सहभागी हुन संयोजक प्रचण्ड आज त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

यस सम्मेलनमा विश्वका विभिन्न देशका राजनीतिक दलका नेता तथा प्रतिनिधिहरुको सहभागिता रहने छ। भ्रमण दलमा प्रचण्डसँगै प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्यसमेत सहभागी छन् ।

सम्बन्धित समाचार