Nov 13 2026 | २०८३, कार्तिक २८ गते

२०८३, कार्तिक २८ गते

एनपीएल

जनकपुरलाई हराउँदै सुदूरपश्चिम २७ रनले विजयी

मंगलवार , कार्तिक २५, २०८३

नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गतको आजको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ ।

त्रिवि क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुरले ९३ रन मात्रै बनाउन सक्यो ।

जनकपुरका लागि तृतराज दासले २१ र जिम्नी निशमले २० रन जोड्नु बाहेक अन्य खेलाडिले दोहोरो अंक जोड्न सकेनन ।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेनले सर्वाधिक ३ विकेट लिए । त्यस्तै हेमन्त धामी, थरिन्दु रत्नायके, दिपेन्द्र सिंह ऎरी, अनिल खरेल र इशान पाण्डेले समान एक-एक विकेट लिए ।

यस अघि पहिलो इनिङ्समा सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १२० रनको योगफल तयार गरेको थियो ।

सुदूरपश्चिमका ब्रान्डन म्याकमलेनले सर्वाधिक ३३ र थरिन्दु रत्नायकेले २७ रन बनाएका थिए यो जितसँगै सुदूरपश्चिम ८ अंकसहित दोस्रो स्थानमा उक्लिनुको साथै प्लेअफको बलियो सम्भावना बनाएको छ ।

पराजित भएको जनकपुर भने ४ अंकसहित ५ औं स्थानमा झरेको छ ।

सम्बन्धित समाचार