Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

नेपाली मूलका नागरिकलाई विमानस्थलमा विशेष डेस्क सञ्चालन

सोमवार , चैत्र ९, २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली मुलका नागरिक तथा गैर आवासीय नेपालीका लागि छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विमानस्थलको आवागमन र प्रस्थान कक्षमा विशेष डेस्क स्थापना गरी सेवा दिन सुरु गरेको हो । 

यस अघि एनआरएनए र भिषा फ्री भएका मुलुक र व्यक्तिका लागि छुट्टै डेस्क स्थापना गरिएकोमा अब नेपाली मुलका विदेशी नागरिकलाई पनि छुट्टै डेस्कको व्यवस्था गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरी घिमिरेले जानकारी दिए । 

नेपाली भाषा, संस्कृति र मातृभूमीप्रतिको सम्बन्ध अझ सुदृढ बनाउने, साथै पर्यटन र लगानी प्रवर्धनमा गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको उनले बताए । 

 

सम्बन्धित समाचार