मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएकाहरु मध्ये २ जना आरोहण गाइडको शव फेला परेको छ ।
नेपाल राष्ट्रिय पर्वतारोहण पथ पर्दशक संघकका अनुसार आज बिहान सबेरै टेन्टहरूमाथि हिमपहिरो खस्दा विभिन्न कम्पनीका कुल १४ जना भान्छा तथा आधार शिविर (बेस क्याम्प) का कर्मचारी र दुई जना पर्वतारोहण गाड बेपत्ता भएका थिए ।
बेपत्ता मध्ये २ जना आरोहण गाडको शव फेला परेको संघले जनाएको छ ।
हिमलुङमा गएको हिमपहिरोपछी मिङमा पासाङ काजी शेर्पा, आशिष गुरुङ र पेम्बा छिरिङ शेर्पा सम्मिलित उद्धार टोली 'प्रभु' हेलिकप्टरमार्फत दुर्घटनास्थल पुगेको र बेपत्ता भएका अन्य १४ कर्मचारीको खोज तथा उद्धार अभियान जारी रहेको जनाइएको छ ।