Oct 08 2026 | २०८३, आश्विन २२ गते

२०८३, आश्विन २२ गते

गुल्मीमा करेन्ट लागेर एक युवकको मृत्यु

बुधवार , आश्विन २१, २०८३

गुल्मीमा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको धुर्कोट गाउँपालिका- ५ का २४ वर्षीय युवक ऋषीराम भण्डारी रहेका छन् ।

खेतमा पानी लाउन गएका भण्डारी बुधबार बिहान सिमलचौरस्थित खेतमै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार विजुलीको पोलबाट लत्रीएको तारबाट करेन्ट लागेर मृत्यु भएको अनुमान गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार