नेपाल र बंगलादेशमा आयोजना हुने आईसीसी यू- १९ टी- २० विश्वकप क्रीकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
जनवरी २१ बाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र यूएईबीच प्रतिस्पर्धा हुनेछ ।
ग्रुप 'ए' मा नेपालसँगै भारत, वेस्टइन्डिज र आयरल्यान्ड रहेका छन् भने ग्रुप 'बी' मा साउथ अफ्रिका, पाकिस्तान, न्युजिल्यान्ड र सामोवा रहेका छन् ।
ग्रुप 'सी' मा अष्ट्रेलिया, बंगलादेश, यूएई र नाइजेरिया तथा ग्रुप 'डी' मा इङ्ल्याण्ड, श्रीलंका, अमेरिका र स्कटल्याण्ड रहेका छन् ।
नेपालले पहिलो खेल जनवरी २२ मा आयरल्यान्डसँग खेल्नेछ र उक्त खेल टीयु क्रीकेट मैदानमा हुनेछ ।
