Nov 28 2026 | २०८३, मंसिर १३ गते

२०८३, मंसिर १३ गते

मन्त्रीपरिषद् मर्यादाक्रम

मन्त्रीपरिषद्को मर्यादाक्रम हेरफेर

बिहिवार , मंसिर ११, २०८३

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्का सदस्यको मर्यादाक्रम हेरफेर गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मन्त्री परिषद्का सदस्यको मर्यादाक्रम हेरफेर गरेका हुन् ।

नयाँ मर्यादाक्रम अनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम तेस्रो नम्बरमा छिन । यस अघि उनी सातौं नम्बरमा रहेकी थिइन ।

यस अघि तेस्रो वरियतामा परराष्ट्र मन्त्री शिशिर खनाल थिए । गौतमलाई तेस्रो वरियतामा उक्लिएपछी उर्जामन्त्री विराज भक्त श्रेष्ठ, गृह मन्त्री सुदन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल वरियता क्रममा एक स्थान तल परेका हुन् ।

त्यस्तै वरियताको अन्तिम स्थानमा युवा, रोजगार तथा श्रम मन्त्री रामजी यादव रहेका छन् ।

8-10_मन्त्रिपरिषद्-मर्यादाक्रम-हेरफेर_विज्ञप्ति_IMG_0001-1086x1536.jpg

सम्बन्धित समाचार