पूर्वमुख्य सचिव एक नारायण अर्याललाई जिल्ला अदालत काठमाण्डौंले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमती दिएको छ ।
मलेसिया जाने श्रमिकबाट अतिरिक्त वायोमेडिकल सेवा शुल्क लिई ठगी गरेको र त्यो रकम गैर कानूनी रुपमा मलेसिया पठाएको आरोपमा अर्याललाई पक्राउ गरि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा लगेर अर्याललाई शुक्रबार नै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।
यस प्रकरणमा दुईजना पूर्व मन्त्रीसहित दश जना पक्राउ परिसकेका छन् ।