Nov 28 2026 | २०८३, मंसिर १३ गते

२०८३, मंसिर १३ गते

'सिन्दुरे जात्रा' को ट्रेलर सार्वजनिक

शुक्रवार , मंसिर १२, २०८३

नेपाली चलचित्र 'सिन्दुरे जात्रा' को ट्रेलर सार्वजनिक भएको छ ।

सरोज पौडेल निर्देशक रहेको 'सिन्दुरे जात्रा' को ट्रेलरमा प्रेममा कौडाका कारण उत्पन्न हुने परिस्थिति र त्यसले प्रेम सम्बन्धमा पार्ने प्रभावको बारेमा देखाइएको छ।

कौडाको खेलले विजय र अञ्जनाको प्रेममा कस्तो नियति निम्त्याउँछ भन्ने कथा फिल्मले प्रस्तुत गर्ने ट्रेलरबाट बुझ्न सकिन्छ ।

ट्रेलरमा अभिनेता विनोद न्यौपानेको ‘डिल्लीराम’ पात्र प्रेमकथाको प्रमुख बाधकका रूपमा देखिएका छन् ।

विजय बरालले ‘बाबुराम’ र अञ्जना बराइलीले ‘लक्ष्मी’को भूमिका निर्वाह गरेका छन् । यी दुई पात्रको प्रेममा डिल्लीरामले सिर्जना गर्ने अवरोधले कथालाई कस्तो मोडमा पुर्‍याउँछ भन्ने कौतूहल ट्रेलरले जगाएको छ ।

फिल्ममा विजय, अञ्जना र विनोदका अलावा उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राज कटुवाल, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ ।

यस अघि विजय र अञ्जनाको मुख्य अभिनय रहेको 'पूर्णबहादुरको सारङ्गी' सुपर डुपर हिट हुनुको साथै नेपाली फिल्मको इतिहासमा नयाँ रेकर्ड बनाएको थियो ।

अहिले सोही फिल्मका निर्देशक पौडेलसहित कलाकारहरुले पुनः सहकार्य गरेर ल्याएको 'सिन्दुरे जात्रा' लाई महत्त्वपूर्ण रुपमा हेरिएको छ ।

'सिन्दुरे जात्रा' मंसिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।

सम्बन्धित समाचार