हुथी बिद्रोहीद्वारा साउदी अरबमा भएको पछिल्लो आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
परराष्ट्र मन्त्रालयले बिहीबार साँझ सामाजिक सञ्जाल एक्समार्फत उक्त घटनाबारे जानकारी गराएको हो ।
मन्त्रालयका अनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भएका छन् भने दुई जनाको स्वास्थ्य उपचार जारी छ ।
मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
मृतक र घाइते नेपालीको पहिचान भने मन्त्रालयले सार्वजनिक गरेको छैन ।
मन्त्रालयले विवाद तथा द्वन्द्व समाधानका लागि अधिकतम संयमता अपनाउन र शान्तिपूर्ण उपाय अवलम्बन गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।