Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते

नेपालले न्युजिल्यान्ड ‘ए’ सँग एकदिवसीय अभ्यास खेल खेल्ने

बिहिवार , श्रावण २१, २०८३

नेपालले न्युजिल्यान्डको ‘ए’ टिमसँग एकदिवसीय अभ्यास खेल खेल्ने भएको छ। 

न्युजिल्यान्ड क्रिकेट टिमले बिहिवार सामाजिक सञ्जाल मार्फत आउँदो सेप्टेम्बरमा नेपालसँग एकदिवसीय अभ्यास खेल खेल्ने जानकारी दिएको हो। 

तालिका अनुसार न्युजिल्यान्डले सेप्टेम्बर २ मा दक्षिण अस्ट्रेलिया कलबसँग खेल्नेछ । सेप्टेम्बर ४ मा तासमानिया र सेप्टेम्बर ६ मा नेपालसँग अभ्यास खेल खेल्ने जनाइएको छ। यी तिनै खेल अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट ग्राउन्ड– २ मा खेलिने छन्।

यो अभ्यास श्रृङ्खला अघि न्युजिल्यान्डको ‘ए’ टोलीले अगस्ट २० देखि ३० सम्म हुने एन्टि टप एण्ड टी– २० सिरिजमा प्रतिस्पर्धा गर्नेछ । नेपालले पनि उक्त प्रतियोगितामा सहभागिता जनाउनेछ। 

न्युजिल्यान्ड ‘ए’ टोलीमा क्रिस्टियन कलार्क, म्याट फिसर, डिन फक्सक्रप्ट, मिच हे, जेहेन लेनोक्स, बेन लिस्टरजस्ता सिनियर टोलीबाट खेलीसकेका खेलाडी रहेका छन् । 

सम्बन्धित समाचार