गृहमन्त्री सुदन गुरुङले आनो भाषा ठाडो हुन पुगेको भन्दै माफी मागेका छन् ।
राष्ट्रिय सभा बैठकमा बोल्ने क्रममा उनले बिहिवार सांसदहरुसँग सवालजवाफ गरेका थिए । सो क्रममा उनले आफूलाई निर्मला पन्त हत्या काण्डको विषयमा प्रश्न नगर्न भन्दै राष्ट्रममा चेतावनी दिएका थिए ।
उक्त विषयमा आलोचना बढेपछि उनले आजै राष्ट्रिय सभामा माफी मागेका हुन् ।
उनले भने, “हजुरहरुबाट हामीले धेरै सिक्न बाँकी छ । सिक्दै जानेछौं, मेरो तर्फबाट अलीकति ठाँडो तरिकाबाट भयो, जस्तो लाग्यो यसका लागि म क्षमाप्रार्थी पनि छु । हजुरहरुलाई माफी पनि माग्न चाहन्छु ।”
विपद् व्यवस्थापनको विषयमा छलफल भैरहँदा निर्मला पन्तको विषयमा कुरा उठेपछि आफ्नो शैली रुखो बन्न पुगेको उनको भनाई रहेको थियो ।
“विपद् व्यवस्थापन विषयमा हामी छलफल गर्दै थियौं । तर विषय केन्द्रीत नभएर विपद् व्यवस्थापनमा निर्मला पन्त हत्याकाण्ड जोडियो । किन यसरी घुमाइन्छ मलाई अच्चम लाइराछ । निर्मला हत्याकाण्ड र मनसुनजन्य विपद् व्यवस्थापनको सम्बन्ध के ? विषयमा केन्द्रीत हुनुपर्ला माननीय ज्यू,” उनले भने ।