प्रधानमन्त्री बालेन्द्र शाह र प्रधान सेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ ।
प्रधान सेनापति शर्माले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर रक्षा मन्त्रालय समेत सम्हालिरहेका प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री र प्रधान सेनाबीच नियमित भेटघाट भएको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।
प्रधानमन्त्री शाह र प्रधान सेनापति शर्माबीच सुनसरीको कप्तानगञ्जसहित मधेशका विभिन्न जिल्लामा भएको दुई पक्षबीच भएको धार्मीक विवाद र मुलुकको समग्र सुरक्षा व्यवस्थाबारे छलफल भएको बुझिएको छ ।
गोकर्णेश्वरमा रहेको सैनिक ब्यारेकको पर्खाल भत्काउनको लागि रास्वपा सांसद राजु पाण्डेले डोजर लिएर जाँदै सैनिक अधिकारीसँग भनाभन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको बेला प्रधानमन्त्री र प्रधान सेनापतिबीच भएको यो भेटलाई निकै चासोपूर्वक हेरिएको छ ।
स्रोतका अनुसार भेटमा सुरक्षा चुनौती, शान्ति सुव्यवस्था कायम गर्ने विषय तथा सुरक्षा निकायबीचको समन्वयका बारेमा पनि कुराकानी भएको जनाइएको छ ।