अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग विशेष प्रकारका ठूला हतियारहरु रहेको खुलासा गरेका छन् ।
अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि हमला गरिरहेको पछिल्लो समयमा अमेरिकी सञ्चार माध्यम सीएनएनले अमेरिकामा रहेका लामो दुरीका हतियारमा कमी भएको रिपोर्ट सार्वजनिक गरेपछि राष्ट्रपति ट्रम्पले यस्तो दाबी गरेका हुन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै रक्षा कम्पनीले अमेरिकामा इतिहासमै धेरै सङ्ख्यामा प्लान्ट र कारखाना निर्माण गरिरहेको र ठूलो मात्रामा हतियार उत्पादन गरिरहेको र आवश्यकता अनुसार अमेरिकामा पठाइरहेको बताएका छन् ।
यता सीएनएनले भने अनुसन्धानत्मक रिपोर्टसँग परिचित दुई स्रोतलाई उद्धृत गर्दै अमेरिकी सेनाले युद्धपूर्वको सङ्ख्याको तुलनामा यसको मिसाइल सङ्ख्याको लगभग २० प्रतिशत र इरान युद्धको सुरुदेखि यसको प्याट्रियट इन्टरसेक्टरको लगभग आधा भाग जलाएको रिपोर्ट गरेको थियो।
गत शप्तान्तमा अमेरिकाले इरानमाथि आक्रमणको योजना रद्द गर्नुअघि नै हतियार भण्डारणको मुद्दा फेरि उठेको पनि रिपोर्टले उल्लेख गरेको सीएनएनले जनाएको छ। अमेरिकी सेनाले पनि द्वन्दको समयमा आफ्नो अत्यधिक सटिक लामो दूरी, सतह–देखि हवाई हातहतियारको लगभग सबै प्रयोग गरेको समाचार रिपोर्टले जनाएको छ।
राष्ट्रपति ट्रम्पले अमेरिकी रक्षामन्त्री पीट हेग्सेथसँग इरानको सैन्य विकल्पलाई सीमित पार्ने खतरामा परेको चरम हतियारको कमीमा आफूलाई किन बहकाइएको थियो भन्ने प्रश्नको समेत जवाफ माग गरेको जनाइएको छ ।
बयान चुहावट गर्नेहरूको खोजी भइरहेको र भेटिएपछि लामो अवधिको जेल सजाय गरिने राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा गरिएको पोस्टमार्फत जानकारी दिएका छन्।