Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते

निम्स दाइसहित चार आरोहीको शव शंकलन, आधार शिविर ल्याइयो

बुधवार , श्रावण २०, २०८३

पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणको क्रममा हिम पहिरोमा परी निधन भएका विश्व प्रसिद्ध आरोही निर्मल पुर्जा (निम्सा दाइ) सहित ४ जना आरोहिको शव संकलन गरी आधार शिविर ल्याइएको छ । 

बुधवार निम्स दाईका व्यवसायीक साझेदार एवम् प्रतिनिधि सभा सदस्य मिङ्मा डेभिड शेर्पाले आज आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत् यस्तो जानकारी दिएका हुन् । उनका अनुसार निम्स दाइसँगै झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव अत्यन्तै चुनौतिपूर्ण र जोखिमपूर्ण उद्धार कार्यपश्चात् आधार शिविर ल्याइएको हो । 

अत्यन्तै कठिन र खतरनाक परिस्थितिहरूमा यो अभियान पूरा गरेकोमा आफूहरु टोलीका प्रत्येक सदस्यप्रति हार्दिक आभारी रहेको भन्दै मिङ्माले पाकिस्तान सेना, पाकिस्तान सरकार, गिलगिट–बाल्टिस्तान सरकार, स्थानीय अधिकारीहरू, ब्रिटिश उच्च योग, नेपालको दूतावास, पाकिस्तानको अल्पाइन क्लब र यो कार्य सम्भव बनाउने सबैलाई हार्दिक धन्यवाद दिएका छन् । 

साथै अझै तीन जना अरोहीहरु बेपत्ता रहेका छन् । सुरक्षित अवस्था सिर्जना भएपछि उनीहरुको खोजी तथा उद्धारका लागि सम्भव सबै प्रयास जारी राखिने बताइएको छ । 

गत बिहिवार पाकिस्तानीस्थित विश्वको १२ औँ अग्लो हिमाल ब्रड पीक आरोहणका क्रममा आएको पहिरोमा परी निम्स दाइसहित ६ जना आरोही बेपत्ता भएका थिए । उनीहरु सबैको मृत्यु भएको पुष्टि भैसकेको छ । 

 

 

 

सम्बन्धित समाचार