Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते

रसुवा बाढी अपडेट : ३८४ पर्यटक सम्पर्कविहिन

बुधवार , भाद्र १०, २०८३

नेपालको रसुवामा आएको भीषण बाढीका कारण कुल ३८४ जना स्वदेशी तथा विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्।

हाल २९१ जना विदेशी र ९३ जना नेपाली पर्यटक सम्पर्कविहीन अवस्थामा रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार ट्राभल एजेन्सी, गाइड, स्थानीय प्रशासन र सुरक्षा निकायहरूमार्फत यो जानकारी पुष्टि गरिएको हो।

चिनको तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन सहितका नदि आसपासका क्षेत्रमा ठूलो क्षती पुर्याएको छ ।

हाल राहत तथा उद्दार कार्यका लागि सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको उद्दार टोली र हेलिकप्टर परिचालन गरेको छ ।

सम्बन्धित समाचार