Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते

मोहम्मद जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा

मंगलवार , भाद्र ९, २०८३

सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार गृहमन्त्रालयले एक सूचना जारी गर्दै मोहम्मद जयन्तीको अवसरमा बुधबार मुस्लिम समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

विं. सं. २०८२ फागुन १८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको रहेको छ ।

मुस्लिम आयोगबाट भाद्र १० गते (भोलि) मोहम्मद जयन्ती परेको व्यहोरा जानकारीमा आएकाले भोलि मुस्लिम धर्मावलम्बीहरुका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयद्दारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

साथै उक्त सूचनामा मोहम्मद जयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरुमा मन्त्रालयको तर्फबाट हार्दिक शुभकामना व्यक्त गरिएको छ ।

p_lU67GtN5BR.jpg

सम्बन्धित समाचार