राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का सांसद मनिष झाले जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा सबैमाथी समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन । गरिब र निमाखुको आवासमा मात्र नभई सबैमाथी समान व्यवहार गर्नुपर्नेमा उनको जोड दिए ।
अतिक्रमण हटाउन २०६२ सालमा जनकपुरको गुठिको अतिक्रमीत जग्गा पता लगाउन गठन गरिएको भोजराज घिमिरे नेतृत्वको कायदलको प्रतिवेदनको आधार लिइएको उनले उल्लेख गरे। जनकपुरको ९५० विद्या अतिक्रमिक जमिन संरक्षण गर्ने सवालमा सरकार सफल र सजग हुनुपर्नेमा उनको जोड दिए।
“यो डोजर प्रहार गरिबहरुमाथी मात्र नहोस् । सबैमाथि समान व्यवहार गरियोस र जनकपुरको ९५० बिघा अतिक्रमण गरिएको जमिन संरक्षण गर्ने र फर्काउने अभियानमा सरकार सफल र सजग होस भन्ने सन्तुलित अनुरोध छ,” झाले भने ।
सरकारले शनिबारदेखी पोखरिको डिल खाली गराउन सुरु गरेको थियो । गुठी संस्थान जनकपुरधामले गिरनारी कुट्टी नजिक रहेको गोरधोइ पोखरीको अतिक्रमिक डिल खाली गराएको छ ।