राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले किस्तीमा आएको प्रधानमन्त्री पद आफूले हाँसीहाँसी अस्वीकार गरेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित रास्वपा सांसदहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले देशले आन्दोलन कुरेर बसिरहेकाले त्यो बेला सम्झौता गर्ने अधिकार आफूसँग नभएको दाबी गरे ।
प्रधानमन्त्री पद त्यागेको विषय गर्व गर्ने विषय नभए पनि इतिहासमा दर्ज गर्नुपर्ने विषय भएको उनको भनाई रहेको छ ।
“२१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री बन्न प्रस्ताव आएको थियो । भइदिउँ भन्दा त्यति गाह्रो विषय थिएन् । म भई नै हालेछु भने ६ महिना बन्थे होला, सिंहदरबारमा एउटा फोटो झुण्डिन्थ्यो होला । देशले यत्रो आन्दोलन कुरेर बसेको थियो । म सँग त्यस्तो अधिकार थिएन् । किस्तीमा आएको विषयलाई हाँसीहाँसी नमस्कार गरेको हो । गर्वको विषय होइन् । इतिहासको पानामा दर्ज गरेको हो,” लामिछानेले भने ।