प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह निजी भ्रमणमा पोखरा गएको जनाएको छ ।
शुक्रबार प्रधानमन्त्री कार्यालयले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री शाह निजी भ्रमणका लागि पोखरा गएको जानकारी दिए ।
सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने , "प्रधानमन्त्रीको यो निजी भ्रमण हो । अन्य बुझ्न परे उहाँको सचिवालयमा बुझ्न सकिनेछ ।"
प्रधानमन्त्री शाह शुक्रबार सडकमार्ग हुँदै पोखरा निस्किएका छन् । उनी सहितको टोली पोखराबाट मुस्ताङ जाने बताइएको छ ।