कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाएका छन् ।
सोमबारको प्रदेशसभा बैठकमा मुख्यमनन्त्री कार्कीले आफूलाई विश्वासको मत रहेको भन्दै प्रस्ताव पेश गरेका थिए । प्रदेश सभामा उपस्थित सांसद मध्ये मुख्यमन्त्री कार्कीले ५७ मत प्राप्त गरे भने उनको विपक्षमा २२ मत परेको थियो ।
कोशीमा एमाले र नेकपाको गठबन्धन रहेकोले कार्कीले विश्वासको मत प्राप्त गरेका हुन् । कोशीमा एमालेका ४० र नेकपाका १७ सांसद रहेका छन् भने नेपाली कांग्रेसका २९ जना सांसद रहेका छन् ।
सभामुख सहित ५ सांसद भएको राप्रपाका सांसदले कतै मतदान गरेनन् । जसपाकी एक मात्र सांसद निर्मला लिम्बु भने अनुपस्थित थिइन् ।
९३ जना सांसद रहेको कोशी प्रदेशमा एक जनाले राजीनामा दिएकाले हाल ९२ सांसद रहेका छन् । आज भने ८३ जना सांसद प्रदेश सभामा उपस्थित रहेका थिए ।