Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते

श्रम मन्त्री यादव र नेपालका लागि यूएईका राजदूतबीच भेटवार्ता

सोमवार , भाद्र ८, २०८३

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्लाह सइद मुबारक जारवान अल शामसीबीच सोमबार द्धिपक्षीय शिष्टाचार भेटवार्ता भएको छ । 

भेटका क्रममा मन्त्री यादवले नेपाली श्रमीक यूएई जाँदा लिनुपर्ने प्रहरी चारित्रिक प्रमाणपत्र सम्बन्धी दोहोरो प्रक्रिया पूरा गर्नु पर्ने व्यवस्थालाई सरल बनाउँदै श्रमिकलाई सहज हुने व्यवस्था बनाउन अनुरोध गरे ।

यस विषयमा राजदूत शामसीले यूएई सरकारसँग निरन्तर छलफल र समन्वय भैरहेको जानकारी गराउँदै आवश्यक पहल जारी रहने विश्वस्त पारे । 

त्यसैगरी नेपाल र यूएईबीच भएका द्धिपक्षीय श्रम सम्बन्धी समझदारी तथा सहमतिहरुको प्रभावकारी कार्यान्वयनको लागि संयुक्त कार्य समूहको बैठक शिघ्र आयोजना गर्ने विषयमा समेत सहमति भएको जनाइएको छ । 

सम्बन्धित समाचार