Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते

दुबईबाट निलेर सुन ल्याएका बंगलादेशी नागरिक पक्राउ

शुक्रवार , भाद्र ५, २०८३

प्रहरीले दुबईबाट  काठमाडौं आएका  एक बंगलादेदेशी नागरिकको पेटभित्र  लुकाएर  ल्याइएको सुनजस्तो देखिने पहेलो धातु बरामद गरेको छ ।

फ्लाई दुबईको उडान  एफजेड ११३३ मार्फत  काठमाडौं आएका बंगलादेशि नागरिक  मोहम्मद रासेल हल्दारलाई शंका  लागि सोधपुछ गर्दा करिब १५० ग्राम सुन लुकाइ ल्याएको भनी  स्वीकार  गरेका थिए ।

पक्राउ  गरि काठमाडौं  मेडिकल  कलेज  सिनामंगलमा गरिएको  पेल्भिकको एक्स रे परिक्षणमा पेट्भित शंकास्पद धातु  देखिएपछी  उनलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरि पाँच  दिन आस्पतालमा निगरानीमा राखीएको थियोे ।

शुक्रबार शौचका क्रममा करिब १५० ग्राम  तौल भएको सुनजस्तो देखिने क्याप्सुल आकारको  दुइबटा धातु फेला परेको प्रहरीले जनाएको छ।

उनलाई त्रिभुवन  अन्तरास्ट्रिय  विमानस्थल भन्सार  कार्यालय  गौचरमा बुझाइएको विमानस्थल  सुरक्षा कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार